Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अष्ट्रेलियाको संसदमा मिटू आन्दोलन

अष्ट्रेलियाको संसदमा मिटू आन्दोलन

  • चैत्र २५, २०७७ बुधवार १६:५४ बजे
  • 860
    SHARES
  • अष्ट्रेलियाको संसदमा मिटू आन्दोलन

    क्यानबेरा । कानुन तथा व्यापारमा सफल भएपछि जुलिया ब्यांक्स पाँच वर्षअगाडि अष्ट्रेलियाको संसदमा पुग्दा त्यहाँको माहोलले उनलाई ८० को दशकमा धकेल्याे । त्यहाँ मदिरा बगिरहेको थियो । पुरुष नेताहरुबाट मदिराको गन्ध ह्वास्स आउँथ्यो ।

    ब्यांक्स भन्छिन्, ‘अष्ट्रेलियाका नेताले महिलाको बारेमा कहिले पनि सोचनन् । उनीहरुले जुनियर सहकर्मीलाई खेलौनाको रुपमा हेरे ।’

    उनले थपिन् ‘एक पटक, एक नेताले जूनियरको परिचय दिँदा उसको पिठ्युँमा हात राखे । ती महिलासँग मेरो आँखा जुध्यो । केही नबोली मैले उसको कुरा बुझेँ–चुपचाप सबै सहेर बस, नत्र जागीरबाट हात धोउ । अष्ट्रेलियाको संसद महिलाका लागि सबैभन्दा असुरक्षित कार्यस्थल हो ।’

    ढिलै भए पनि अष्ट्रेलियाको संसदमा मिटू आन्दोलन पुगेको छ । ब्रिटनी हिन्गिसले आफूमाथि भएको दुव्र्यवहार सार्वजनिक गरेपछि त्यहाँको राजनीतिमा भूकम्प आएको छ । यसपछि हजारौं महिलाले आफू दुव्र्यवहारमा परेको घटना सेयर गरिरहेका छन् । उनीहरुले जस्टिस मार्च निकालेर परिवर्तनको माग गरिरहेका छन् ।

    महिलामाथि भएको हिंसाका कारण त्यहाँ प्रधानमन्त्री स्कट मरिसनको नेतृत्व रहेको कन्जर्भेटिभ गठबन्धनले विरोधको सामना गरिरहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # संसद
  • # अष्ट्रेलिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij