वेबटिभी खबर
काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्व नेकपाको जुम्ला जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।
मंगलबार नेकपाका जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहितको सिंगो समिति माओवादी केन्द्रमा समाहित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
पार्टी प्रवेश गर्नेहरूलाई माओवादी अध्यक्ष प्रचण्डले खुमलटार निवासमा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीलाई सखाप पार्न ‘देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू’ लागेको आरोप लगाए ।
‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरूले कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,’ प्रचण्डले भने, ‘हामी यति ठूलो परिवर्तनका बाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij