Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

किसान अनुभव : मौरी पालन व्यवसायबाट प्रकृति संरक्षण र सम्वृद्धि हासिल संभव छ

किसान अनुभव : मौरी पालन व्यवसायबाट प्रकृति संरक्षण र सम्वृद्धि हासिल संभव छ

  • 1.5K
    SHARES
  • किसान अनुभव : मौरी पालन व्यवसायबाट प्रकृति संरक्षण र सम्वृद्धि हासिल संभव छ

    महको कच्चापदार्थ चिउरी, रुदिलो, सिसौ, मसला, चाम्रे, पैयौ, सुन्तला, जामुनो, फापर, तोरी, धनियाँ, लिचीलगायतका बोटविरुवा वा बालिनाली फुल्दा फूलमा आउने पुष्परस हो । मौरीको मुख्य आहार नै यही हो जसलाई मौरीले अनिकालको समयमा खानको लागि साचेर राख्छ । 

    images

    फूलमा डुल्दै मौरीले जम्मा गरेको रसलाई विभिन्न प्रक्रिया अपनाएर लामो समयसम्म नबिग्रियोस् भनेर चाका बनाएर संग्रह गर्छ । त्यसलाई मान्छेले प्राविधिक चतुर्‍याइँका साथ झिक्छ/काड्छ । असली मह भनेको यही हो । 

    तर आधुनिकताको नाउँमा मौरीपालन, यसको व्यवसायिक खेती र महलाई रहस्यमय बनाइँदै लगिएको छ । खासमा मह त्यो हो जो मौरीहरुले नै आवश्यक काम सम्पूर्ण गरेर चाकामा राखेका हुन्छन् । किसानले त्यस्तो महलाई काढेर जालीले छानेर खान योग्य बनाएर बजारसम्म पुर्याउँछन् । 

    त्यसरी छानेको महलाई माटो, शिशा वा प्लाष्टिकको भाडोमा हावा नछिर्ने गरी बिर्को लगाएर सामान्य कोठामा भण्डारण गरी राख्दा त्यसको प्राकृतिक तत्त्व नष्ट हुन पाउँदैन् । 

    महको प्राकृतिक तत्त्व नष्ट नष्ट हुने कुनै काम गर्नु हुँदैन । प्राकृतिक तत्त्व नष्ट भएको मह खानु र नखानुमा कुनै फरक हुँदैन ।

    किसानको दृष्टिकोणमा मौरी पाल्नु भनेको प्रकृतिको सेवा गर्नु पनि हो । मौरीले परागसेचन गराइ बोट बिरुवाको वंश संरक्षण गर्छ । 

    आर्थिक रूपमा भन्दा थोरै लगानी, थोरै जमिन भएकालाई पनि यो खेतीले राम्रो रोजगारी सिर्जना गर्न सक्छ । सबैले, जुनसुकै ठाउँमा गर्नसक्ने खेती भएकाले यसको पहुँच व्यापक बनाउन सकिन्छ । नेपालले सजिलैसँग हरेक वर्ष हजाराैं मेट्रिक टन मह सजिलै उत्पादन गर्न सकिन्छ । विश्वभर अत्यधिक माग हुने महको नेपालमा पर्याप्त उत्पादन गर्न सकिने भएकाले यसबाट विदेशी मुद्रा भित्र्याउन पनि सकिन्छ । यसबाट विदेशसँगको व्यापार घाटा पनि कम गर्न सकिन्छ । 

    agalagi.jpeg

    अर्काेतर्फ औषधीय गुणले भरिपूर्ण महको उत्पादन बढाउँदा त्यसले निरोगी समाज निर्माणमा पनि मद्दत पुग्छ । पोषणको भण्डार भएकाले यसको पहुँच हरेक नेपालीको घरमा हुनु जरुरी छ । आयूर्वेदमा यसको महत्त्व प्रष्ट्याएको छ । पुनरयौवनदायी भोजन, पोषण र शक्तिको उत्तम स्रोत मानिन्छ ।

    मैले २०५७ सालमा दुई गोला मौरी लिएर मौरी पाल्न सुरु गरें । तत्पश्चात् मौरी, मौरीका चरन, यसको महत्त्व र उपादेयता, सम्भावना/अवसर/बाधा/चुनौती आदिसँग सम्बन्धित थुप्रै अनुभव, अध्ययन, तालिमहरूमा सामेल हुँदै गर्दा मह, मौरी र यसको व्यवसायिक खेती भनेको त नेपाल र नेपाली कै भाग्य निर्धारण गर्न सक्ने हैसियतको पो रहेछ भन्ने बुझें ।

    मह सेवनबाट हुने फाइदा 

    नियमित मह सेवन गरेमा सर्दिजन्य बिरामी, रुघाखोकी जस्ता बिरामीबाट बच्न मद्दत गर्छ 

    दिनहुँ मह खाने गरेमा ग्याष्टिक, अम्लपित्त, धातु, टाउको दुख्ने समस्यामा राहत हुन्छ 

    बालबालिकालाई दैनिक मह सेवन गराउँदा सोच्ने शक्तिमा वृद्धि, शारीरिक रूपमा बलियो बनाउँछ 

    महको दैनिक सेवनले यौन शक्ति बढाउँछ ।

    मानसिक तथा शारीरिक थकावटमा मह सेवनले फुर्तिलो बनाउँछ ।

    मोटो मानिसले राति सुत्नुअघि र बिहान उठ्नासाथ मह, कागती १÷१ चम्चा तातोपानीसँग दैनिक खाँदा बोसो घटाउँछ र मांसपेसी खँदिलो बनाउँछ ।

    मह खानामा रुची बढाउनुको साथै कब्जियत ठीक गर्छ 

    मह दैनिक रूपम छालामा लगाउनाले दाग, धब्बा घट्न गई छालामा गोरो तथा नरमपन ल्याउँछ ।

    (लेखक २० वर्षदेखि मौरी पालन गर्दै आएका किसान हुन् ।) 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology