Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रेमकाे लक्ष्य के हाे ?

प्रेमकाे लक्ष्य के हाे ?

  • 821
    SHARES
  • प्रेमकाे लक्ष्य के हाे ?

    मानिसहरू प्रेमको भावनात्मक पक्षको बारेमा मात्र कुरा गरिरहेका हुन्छन् । भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै ।

    images

    तपाईंले पहिलो पटक सम्बन्ध बनाउँदा सोच्नुभएको थियो, ‘यो सधैँको लागि हो’ । तर, तीन महिनाभित्र तपाईं सोच्नु थाल्नुहुन्छ, ‘हरे, म यस्तो व्यक्तिसँग किन जीवन बिताउँदै छु ?’

    किनकी तपाईंले आफूलाई जे मन पर्छ र जे मन पर्दैन त्यसकै आधारमा सम्बन्ध बनाउनुभएको छ ।

    यस प्रकारको सम्बन्धमा तपाईंले केवल कष्ट भोग्नुहुनेछ किनकि जब सम्बन्ध अस्थिर हुन्छ । जब खटपट हुन्छ तपाईंमा असाध्यै पीडा हुनेछ, जुन पूर्णतया अनावश्यक छ ।

    भलै पीडाको बारेमा थुप्रै कविताहरू लेखिएको भएपनि प्रेम दुःख सिर्जना गर्नको लागि होइन । तपाईं प्रेममा हुन चाहनुहुन्छ किनकि यसले तपाईंलाई आनन्द दिन्छ । 

    प्रेम लक्ष्य होइन, आनन्द लक्ष्य हो । अनेकौं पटक घाइते र विक्षिप्त भएपनि मानिसहरूमा प्रेम सम्बन्धमा रहने पागलपन रहेको हुन्छ ।

    किनकि जब उनीहरूले आफू प्रेममा छु भनेर सोचेका थिए । उनीहरूमा अलिकति आनन्द थियो । प्रेम आनन्द प्राप्त गर्ने साधन हो । यतिखेर अधिकांश मानिसहरूले यही एउटा तरिकाले आनन्दित हुन जानेका छन् ।

    तर,तपाईं आफ्नै प्रकृतिले आनन्दित हुन सक्नुहुन्छ । यदि तपाईं आनन्दित हुनुभयो भने मायालु र स्नेही हुनु समस्या होइन ।

    भ्यालेन्टाइन डे : पहिलो डेटलाई विशेष बनाउन यी कुरामा ध्यान दिनुहोस् भ्यालेन्टाइन डे : पहिलो डेटलाई विशेष बनाउन यी कुरामा ध्यान दिनुहोस्

    तपाईं यसैपनि मायालु बन्नुहुनेछ । जब तपाईं प्रेममार्फत आनन्द खोज्नुहुन्छ, तब मात्र तपाईं को-कसलाई माया गर्ने भनेर बढी रोज्न थाल्नुहुन्छ ।

    तर,जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंले जे देखेपनि त्यसलाई प्रेमको भावले हेर्न सक्नुहुन्छ । किनकि त्यहाँ अल्झिने डर हुँदैन ।

    जब अल्झिने डर हुँदैन, तब मात्र तपाईंले जीवनसँग पूरै संलग्न रहनु भनेको के हो भनेर जान्नुहुनेछ । हरेक दिन १५-२० मिनेटको लागि त्यस्तो चीजसँग बस्नुहोस्, जसले तपाईंको लागि कुनै अर्थ राख्दैन ।

    सायद रूख वा ढुङ्गा वा गँड्यौला वा कीरा ।

    केही समयपछि तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईंले आफ्नो पति वा पत्नि वा आमा वा बच्चालाई जति प्रेम गर्नुहुन्छ, त्यत्ति नै प्रेमको भावले त्यो चीजलाई हेर्न सक्नुहुन्छ ।

    सायद गँड्यौलालाई यो थाहा नहुन सक्छ तर, त्यसले केही फरक पर्दैन ।

    यदि तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ ।

    तब तपाईंलाई यो बोध हुनेछ कि ‘प्रेम, तपाईंले गर्ने कुरा होइन प्रेम तपाईं आफूभित्र हुने तरिका हो ।’

    सदगुरुको प्रवचन 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology