Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुडानको डारफरमा भएको जातीय दंगामा १३२ को मृत्यु

सुडानको डारफरमा भएको जातीय दंगामा १३२ को मृत्यु

  • चैत्र २७, २०७७ शुक्रवार १७:५१ बजे
  • 544
    SHARES
  • सुडानको डारफरमा भएको जातीय दंगामा १३२ को मृत्यु

    काठमाडौं । सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको संख्या कम्तिमा १३२ पुगेको त्यहाँका गभर्नरले जानकारी दिएका छन् । शनिबारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो ।

    सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

    ‘स्वास्थ्यकर्मीहरूले दिएको विवरणअनुसार झडपमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ,’ चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले पत्रकार सम्मेलनमा भनेका छन् । 

  • सम्बन्धित विषय:

  • # सुडान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij