काठमाडौं । सोमबार बसेको सर्वदलीय बैठकले संसद् खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गर्ने निर्णय गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको बैठकमा सहभागी नेताहरूले संसद् खुलाउने एमालेसँग संवाद गर्ने निर्णय गरेको हो।
‘संसद् खुलाउने विषयमा एमालेसँग संवाद गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागि एक नेताले भने। सर्वदलीय बैठकमा संसद् प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो। तर, एमालेले भने बैठक बहिष्कार गरेको थियो।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij