Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विद्यार्थीलाई पोशाक वितरण अभियान

विद्यार्थीलाई पोशाक वितरण अभियान

  • 730
    SHARES
  • विद्यार्थीलाई पोशाक वितरण अभियान

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरेको छ । नगर क्षेत्रका दुई धार्मिकसहित २० सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

    images

    ‘सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीका लागि पोशाक वितरण गर्न थालिएको हो’, उनले भने, ‘अभिभावकले पोशाक खरीद गर्न नसकेकै कारण विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्, यस्तो अवस्था आउन नदिन र विद्यालयप्रति आकर्षण बढाउन अभियान शुरु गरिएको हो ।’

    अभियानअन्तर्गत सामुदायिक विद्यालयका कक्षा-५ सम्मका विद्यार्थीका लागि विद्यालय पोशाक वितरण गरिने भएको छ । सुरुआतमा बिर्तामोड-६ स्थित सरस्वती माध्यमिक विद्यालयका १६४, वडा नं ७ स्थित लक्ष्मी आधारभूत विद्यालयका ८३, जनता प्राथमिक विद्यालय खालबाडीका १४७ र वडा नं ८ स्थित शुक्रराज आधारभूत विद्यालयका १६८ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

    ‘मजदूरी गरेर छोराछोरीलाई विद्यालय पठाए पनि विद्यालय पोशाक किन्न नसक्ने अवस्थाका अभिभावकलाई लक्षित गरी अभियान थालिएको र कतिपय विद्यार्थीले आफूसँग अरुकोजस्तो पोशाक नभएका कारण मन दुखाउने तथा हिनताबोध गर्ने हुन्छन्’, नगरप्रमुख शिवाकोटीले भने, ‘विद्यार्थीमा एकरुपता ल्याउन पोशाक वितरण गरिएको हो ।’

    नगरका अन्य विद्यालयमासमेत धमाधम पोशाक वितरण गरिने नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology