काठमाडौं । नेपाली कांग्रेसको सोमबार दिउँसो २ बजे डाकिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाई गोविन्दराज पौडेलको सोमबार बिहान निधन भएपछि पार्टी अध्यक्ष शेरवहादुर देउवाको निर्देशनमा बैठक स्थगित गरिएको हो ।
आइतबार पदाधिकारी बैठक बसेर केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल भएको थियो ।
सोमबारको बैठक स्थगित भए पनि अर्काे बैठक कहिले बस्ने भन्ने तय नभएको पार्टी कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij