Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग

म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग

  • चैत्र ३०, २०७७ सोमवार १५:३२ बजे
  • 961
    SHARES
  • म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग

    याङगुन । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन् ।

    images

    उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिडमा पाँच र याङ्गुनमा एउटा मुद्दा लगाइएको उनका वकिल मीन मीन साेले बताएका छन् । पछिल्ला आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानूनअन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिएका छन् । 

    म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबारमात्र ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा छ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
     
    सेनाले निर्वाचनका बेला व्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डेमोक्रयासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

    सेनाले यसभन्दा अगाडि सुकीले अवैध तरिकाले सञ्चार सेट वाकीटकी लिएको र सरकारमा हुँदा अवैध तरिकाबाट केही सुन र छ लाख अमेरिकी डलर लिएको आरोप लगाइसकेको छ । म्यान्मारका सैन्य शासकले हालसम्म सुकीलाई गिरफ्तार गरेर कहाँ राखेका छन् भनेर खुलाएका छैनन ।

  • सम्बन्धित विषय:

  • # म्यान्मार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology