Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्राध्यापक खत्री अमेरिकी राजदूतमा  नियुक्त

प्राध्यापक खत्री अमेरिकी राजदूतमा  नियुक्त

  • 472
    SHARES
  • प्राध्यापक खत्री अमेरिकी राजदूतमा  नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

    नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आइतबार नियुक्त गरेकी हुन् ।

    मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

    नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij