काठमाडौं । गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय समिति गठन भएको छ। नयाँ समिति गठनसँगै गैरआवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुका साथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्ध गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चीनमा कोरोना महामारीका बिरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाइएको कारणले भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा डा. बुद्धिप्रसाद शर्माको अध्यक्षतामा दश सदस्यीय गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय तर्दथ समिति गठन सर्वसम्मतिबाट गरिएको छ ।
समितिको उपाध्यक्षमा डा. रोवोट घिमिरे र राजु सिलवाल, महासचिव डा. पर्वतराज रेग्मी, सचिव डा. बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन गिरी ररहेका छन् भने सदस्यहरुमा डा. एलिजा पौड्याल, विकल्प बस्नेत, कमलकुमार कार्की र प्रकाश सुनार रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology