Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

माओवादीसँगको गठबन्धन सम्भव छः भुसाल 

माओवादीसँगको गठबन्धन सम्भव छः भुसाल 

  • 2.1K
    SHARES
  • माओवादीसँगको गठबन्धन सम्भव छः भुसाल 

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरे साविककै वाम गठबन्धनको सरकार पुनःस्थापित गर्न सकिने किटान गरेका छन् ।  

    माधव नेपालपक्षीय प्रेस चौतारीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले ओलीको अहंकारले पार्टीलाई गम्भीर क्षति पुगे पनि अहिलेसम्म ओलीले त्यसलाई वास्ता नगरी व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरे ।

    अहिलेको अवस्थामा माओवादी केन्द्रसँग पार्टी एकता हुन नसक्ने बताउँदै हाल एमालेबाट निलम्बित पूर्वमन्त्रीसमेत रहको भुसालले माओवादी केन्द्रसँग एमाले मिल्नसक्ने सम्भावना अझै रहेको तर त्यसभन्दा अगाडि एमाले आफैंभित्र मिल्नुपर्ने उनको तर्क छ । 

    ‘पहिले एमालेभित्रै एकता गरेर माओवादीसँगको सहकार्य गर्दै वामगठबन्धनलाई प्राथमिकतामा राखेका छौं,’ भुसालले भने ।  ओलीले आफ्नो गल्ती स्वीकार गरे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने उनको दाबी छ । 

    ओलीले सरकार जोगाउनका लागि जनता समाजवादी पार्टीलाई साथ लिन खोजेको संकेत गर्दै भुसालले आफ्ना पार्टीमा फरक विचार राख्ने आफ्नै नेता-कार्यकर्तालाई धमाधम कारवाही गर्ने र विचार नमिल्नेसँग सहकार्य गर्न चाहँदै ओलीले एमाले एकता नखोजेको जिकिर गरे ।

     ‘महन्थ ठाकुरसँग ओलीजीको कहिले पनि सहकार्य थिएन, अहिले हामीभन्दा उहाँहरु नजिक रहेर मोर्चाबन्दी गरेको, बसउठ गरेको सुनिएको छ, देखिएको छ । यसले एमालेको एकता, वाम एकता बचाउन नसक्ने प्रष्ट पारेको छ,’ उनले भने  ।

    भुसालले आफूहरूले समानान्तर कमिटी गठन गरेको नभई एमालेको पुरानो कमिटी ब्युँताएको स्पष्ट पार्दै फागुन २३ यता ७० जिल्लामा कमिटी गठन गरिसकेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij