Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

फलामे छडको मूल्यवृद्धि भएपछि बजार अनुगमनमा निस्कियो विभाग

फलामे छडको मूल्यवृद्धि भएपछि बजार अनुगमनमा निस्कियो विभाग

  • 512
    SHARES
  • फलामे छडको मूल्यवृद्धि भएपछि बजार अनुगमनमा निस्कियो विभाग

    काठमाडौं । फलामे छडको मूल्य अत्यधिक वृद्धि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोली बजार अनुगमनमा निस्किएको छ ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सोमबार काठमाडौंका फलामे छड बिक्रि गर्ने ठूला पसलहरूको संयुक्त रूपमा अनुगमन गर्दै पौष, माघ र फागुन महिनाको स्टक विवरण मूल्यसहित तीन दिनभित्र उपलव्ध गराउन निर्देशन दिएको छ ।

    एक महिनामा नै छडको भाउमा अत्यधिक वृद्धिभएपछि बजार अनुगमन गरिएको विभागका निरीक्षण अधिकृत विजय भट्टराईले बताए । 

    विभागले तीन महिनाको स्टक उपलव्ध गराउन बिक्रेताहरूलाई निर्देशन दिएको छ भने फलामे छडको मूल्य सूची अपग्रेड नगरेको एक पसललाई ५० हजार जरिवाना समेत गराएको छ ।

    निरीक्षण अधिकृत भट्टराईले विभागले छिट्टै तेल लगायत अन्य खाद्य वस्तुको मूल्यवृद्धिका विषयमा बजार अनुगमन गर्ने जानकारी दिए । 

    aanugaman.mp4.00_13_27_09.Still001.jpg

    aanugaman.mp4.00_13_22_23.Still002.jpg

     

    अस्वभाविक मूल्यवृद्धि : रूस-युक्रेन युद्धको फाइदा उठाउँदै व्यापारी  अस्वभाविक मूल्यवृद्धि : रूस-युक्रेन युद्धको फाइदा उठाउँदै व्यापारी 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij