Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

९ जना विद्यार्थीले छात्रवृत्ति पाउने

९ जना विद्यार्थीले छात्रवृत्ति पाउने

  • 919
    SHARES
  • ९ जना विद्यार्थीले छात्रवृत्ति पाउने

    काठमाडौं । नेपाल आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

    images

    त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुपण्डोलमा रहेको जनकपुर इन्जिनियरिङ कलेजले ५ जनालाई सिभिल र ४ जनालाई कम्प्युटर इन्जिनियरिङले ५० प्रतिशत छात्रवृत्ति दिन लागेको हो ।

    सिभिल इन्जिनियरिङका लागि ३२ लाख र कम्प्युटर इन्जिनियरिङको लागि २० लाख छात्रवृत्ति दिने कलेजले निर्णय गरेको छ ।

    नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब तथा जेहेन्दार विद्यार्थीले कलेजमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

    इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवशे परीक्षामा उत्तीर्ण विद्यार्थीले छात्रवृत्तिको लागि दाबी गर्न सक्ने कलेजका प्रिन्सिपल इन्जिनियर सागर श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology