Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एडीबीलाई परियोजना अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

एडीबीलाई परियोजना अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

  • 463
    SHARES
  • एडीबीलाई परियोजना अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताएकी हुन् ।

    शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् ।

    समय सिमित र गर्नुपर्ने कामहरु धेरै भएकाले छोटो समयमा धेरै काम गरौँ भन्ने पक्षमा आफू रहेको उनले बताइन् । उनले भनिन,‘एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ ।’

    मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने जानकारी दिइन ।

    नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुद काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । मन्त्रालयसँग सिमित बजे भएका कारण धेरै काम गर्न नसकिएको उनले बताइन ।

    छलफलमा सहभागी एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताए । उनले नेपालले समयमै काम सक्नमा कुरामा ध्यान दिनुपर्ने सुझाब पनि दिएका छन् ।

    उनले सहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाए । हाल एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij