Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मेलम्ची र इन्द्रावतीका घर-घरमा धारा

मेलम्ची र इन्द्रावतीका घर-घरमा धारा

  • 537
    SHARES
  • मेलम्ची र इन्द्रावतीका घर-घरमा धारा

    सिन्धुपाल्चोक । फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाले मेलम्ची नगरपालिका-१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ ।नगरपालिकाको २ करोड लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दाका घरघरमा पानी पुगेको हो ।

    नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै पानी ट्यांकी र धाराको संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताए ।

    त्यस्तै, खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका-१२ स्थित भिमटारका १९५ घरधुरीमा पनि खानेपानीको धारा उपलब्ध गराइएको छ । ३७ लाखको लागतमा ८२ घनमिटरको ट्यांकी बनाएर खानेपानी उपलब्ध गराएको हो ।

    गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकोमा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij