Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

घर-घरमा धारा पुगेपछि १६६ घरधुरी लाभान्वित

घर-घरमा धारा पुगेपछि १६६ घरधुरी लाभान्वित

  • 378
    SHARES
  • घर-घरमा धारा पुगेपछि १६६ घरधुरी लाभान्वित

    स्याङ्जा । लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका स्याङ्जाको फेदीखोला गाउँपालिका-२मा दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएपछि १६६ घरधुरीका ८०० जना प्रत्येक्ष लाभान्वित भएका छन् ।

    वडाध्यक्ष हिमालयजंग बानियाँका अनुसार गण्डकी प्रदेश सरकारको १ करोड १५ लाख लागतमा निर्माण गरिएको च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४२५ जना लाभान्वित भएका छन् भने संघीय सरकारको ९५ लाख ४८ हजार ५१३को लागतमा निर्मित ठूलाधारा लिफ्टिङ खानेपानी योजनाबाट ८० घरधुरीका ३७५ लाभान्वित भएका हुन् ।

    यसअघि सञ्चालित खानेपानी योजना अव्यवस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग भएकाले प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहानबाट पानी ल्याएर वितरण गरिएको च्याउखोला आयोजना उपभोक्ता समिति अध्यक्ष बमबहादुर गुरूङले बताए ।

    उनका अनुसार उक्त खानेपानी योजना निर्माण भई सञ्चालनमा आएसँगै फेदीखोला गाउँपालिका-२ का तल्लोगाउँ, माथिल्लो गाउँ, नाङ्गेडाँडा, कल्लेरी, बेसारे गाउँलगायत ८६ घरधुरीका प्रत्येक घरमा धारा जडान गरिएको छ । योजना मर्मतका लागि मासिकरूपमा ५० संकलन गर्न थालिएको समितिका अध्यक्ष गुरूङले जानकारी दिए ।

    लिफ्टिङबाट वडा नं-२ का तल्लो कुँडुलेका ८० घरमा खानेपानीको पहुँच पुगेको ठूलाधारा आयोजना उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र सुवेदीले बताए ।

    ‘गाउँभन्दा करिब एक सय मिटर तल रहेको ठूलाधारा मुहानबाट पिठ्यूँमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो’ उनले भने, ‘अहिले घरघरमै पानीको धारा जडान गरिएसँगै यहाँका बासिन्दाको दैनिक जिवनमा परिवर्तन आएको छ ।’

    घरघरमै पानी आएपछि पानी बोक्नका लागि दैनिक खर्चिनुपर्ने समय अन्य आयमूलक कार्यमा लगाउन सकिने समितिका अध्यक्ष सुवेदीको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij