Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक

  • 798
    SHARES
  • विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक

    बाग्लुङकाे काठेखोला गाउँपालिका–७ रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि उनी सबै काम छाडेर विद्यालयमा खाजा बनाउन पुगिन् ।

    images

    विद्यालयको चेमनागृहमा दिनभर लगाएर खाजा बनाएपछि गुरुङको काम बालबालिकालाई खाजाको भाग लगाइदिने हो । प्राथमिक तहका सबै विद्यार्थीले खाजा खाइसकेपछि मात्र उनी घर फर्किइन् ।

    रेश नुन्थला माध्यमिक विद्यालयमा गुरुङका दुई छोराछोरी अध्ययनरत छन् । गुरुङमात्रै होइन, उक्त विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावकको पालो हरेक दुई महिनामा आउँछ । सरकारले उपलब्ध गराएको निःशुल्क खाजा कार्यक्रमअन्तर्गत रेश नुन्थला माविले अभिभावकले नै खाजा बनाएर खुवाउने कार्यक्रम बनाएको हो ।

    विद्यालयले अभिभावककै सल्लाहमा बनाएको सो नियमले अहिले सबैलाई सजिलो भएको छ । ‘खाजा खर्च दिएर पठाउनुभन्दा यहीँ खाजा बनाएर खुवाउँदा केटाकेटी खुसी छन्, ताजा पनि हुन्छ’, गुरुङले भनिन्, ‘दुई महिनामा एकपटक विद्यालय आउँदा यहाँको वातावरणबारे हामीलाई जानकारी हुन्छ, सरहरूलाई सल्लाह दिन पाइन्छ ।’ 

    सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाउनकै लागि अनिवार्य खाजा बनाउने कार्यक्रम तयार गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । ‘उहाँहरु यहाँ आउँदा सरसल्लाह हुन्छ, आफ्ना बालबालिकाको पढाइ र विद्यालयबारे समेत थाहा पाउनुहुन्छ’, थापाले भने, ‘धेरै विद्यार्थी छन्, दुई महिनामा खाजा बनाउन पालो आउँछ ।’

    सरकारले विद्यार्थीको खाजावापत दिने रकमबाट विद्यालयले सामग्री खरिद गर्छ । विद्यालयकै चमेनागृहमा खाजा बनाउनका लागि सबै सामग्री तयार पारिएको हुन्छ । कोदोको पिठो, सुजी, चना, अण्डा, रोटीलगायत खाजा बनाएर अभिभावकले विद्यार्थीलाई खुवाउँछन् । अभिभावकको पालो भने विद्यालयले तोक्छ । 

    प्राथमिक तहमा ७० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका सूचना पुर् याउन होस् वा यहाँका शिक्षक कर्मचारीलाई जिम्मेवार बनाउन होस्, दिनदिनै अभिभावक उपस्थित हुँदा धेरै सहज हुन्छ’, थापा भन्छन्, ‘सामुदायिक विद्यालयको पढाइ र शिक्षक कर्मचारीको विषयमा अनावश्यक हुने टिकाटिप्पणीसमेत कम हुन्छन् ।’ अभिभावकनै विद्यालयमा पुगेर खाजा खुवाउँदा विद्यार्थीले घरको वातावरण महसुस गर्ने गरेका उनले भने । 

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology