Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एकल पुरूषलाई भत्ता दिइने

एकल पुरूषलाई भत्ता दिइने

  • 544
    SHARES
  • एकल पुरूषलाई भत्ता दिइने

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरूषलाई एकल भत्ता दिने भएको छ । पालिका भित्रका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरूषलाई मासिस ५०० का दरले सामाजिक सुरक्षा भत्ता बापत उक्त रकम दिन लागेको हो ।

    images

    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘पालिकामा स्थायीरूपमा बसोवास गर्ने एकल पुरूषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि लागू हुने गरी सम्मान स्वरूप एकल पुरूषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।’

    एकल पुरूष भएपनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उनको भनाइ छ । पालिका अध्यक्ष गुरूङका अनुसार ९ वडा रहेको यस पालिकामा ९३ एकल पुरूष रहेका छन् ।

    गाउँपालिकाले ३/३ महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताइन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology