Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

 ६ शिक्षक सम्मानित

 ६ शिक्षक सम्मानित

  • 868
    SHARES
  •  ६ शिक्षक सम्मानित

    भक्तपुर । सेवा निवृत्त भक्तपुरका ६ जना शिक्षक/शिक्षिका सम्मानित भएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले उनीहरूलाई एक कार्यक्रमका बीच सम्मानित गरेको हो । उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ ।

    images

    सम्मानित हुने सेवा निवृत्त शिक्षकमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति, शिवकुमार कर्माचार्य र चन्द्रबहादुर गोसाईं रहेका छन् । उनीहरूलाई बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंले सम्मानपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा गोसाईंले जहाँ शिक्षकलाई सम्मान हुँदैन त्यो समाज उत्कृष्ट समाज हुन नसक्ने बताएका थिए । उनले गुरुको सम्मान गर्नु सबैको दायित्व रहेको पनि बताए । नेपाल सरकारले गर्नुपर्ने काम समाजले गरेको भन्दै उनले आयोजकलाई धन्यवाद दिए ।

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology