Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बेलायती प्रधानमन्त्रीले भने: अर्को लकडाउन नहोला भन्न सकिन्न 

बेलायती प्रधानमन्त्रीले भने: अर्को लकडाउन नहोला भन्न सकिन्न 

  • 505
    SHARES
  • बेलायती प्रधानमन्त्रीले भने: अर्को लकडाउन नहोला भन्न सकिन्न 

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप-भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् । जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए । 

    शुक्रबार एक अन्तर्वार्तामा उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन ।’ बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ । तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij