Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

डढेलो नियन्त्रण गर्न अभ्यास

डढेलो नियन्त्रण गर्न अभ्यास

  • 441
    SHARES
  • डढेलो नियन्त्रण गर्न अभ्यास

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ ।

    तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्री स्थानीयलाई हस्तान्तरण गरिएको हो ।

    उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले डढेलो रोक्न स्थानीयवासी जागरूक हुनुपर्ने बताए । गर्मीयाममा आगलागीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन कार्यालयले आग्रह गरेका छन् ।

    वनमा डढेलो नियन्त्रण गर्नका लागि फारलाइन सफा गर्ने, पातपतिंगर जम्मा गरेर जलाउने, मानिसको नियन्त्रणमा राखेर आगोले अनावश्यक वस्तु नजलाउ समेत कार्यालयले स्थानीयवासीलाई आह्वान गरेको छ ।

    ‘आगो कसरी लाग्न सक्छ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौं’, उनले भने, ‘वन रक्षक तथा स्थानीय उपभोक्ता लागिपरेमा न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौं ।’

    अग्नि प्रतिरोधक जमसुट, वाटर स्प्रे ,हेलमेट, स्वाटरलगायत डेढ लाख बरावरको सामग्री सामुदायिक वनलाई वितरण गरेको तेस्रो ध्रुव संरक्षणका निर्देशक गंगाराम रेग्मीले जानकारी दिए । अजम्मरी सामुदायिक वन समूहका अध्यक्ष सुकमाया विकले आगो नियन्त्रण गर्ने तालिम पाएकामा नियन्त्रण गर्न सहज हुने बताए ।

    कतिपय समयमा आगो निभाउँदै गर्दा नागरिकनै आगोमा पर्ने तथा जल्ने समस्या रहेकाले अग्नि प्रतिरोधक सामग्रीले सहजता आउन बताइएकाे छ । अग्नि नियन्त्रण अभ्यासलाई सहायक वन अधिकृत सञ्जय मिश्र, गणेश चौधरी र गणेश पुरीले सहजीकरण गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij