Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

इन्जिनियरिङका विद्यार्थीलाई अभिमुखीकरण तालिम

इन्जिनियरिङका विद्यार्थीलाई अभिमुखीकरण तालिम

  • 646
    SHARES
  • इन्जिनियरिङका विद्यार्थीलाई अभिमुखीकरण तालिम

    काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)का विद्यार्थीहरुलाई अभिमुखीकरण तालिम  प्रदान गरिएको छ । स्नातक तहको इन्जिनियरिङका विभिन्न विधामा पहिलो समेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजले सोमबार अभिमुखीकरण तालिम दिएको हो ।

    images

    कलेजका प्रिन्सिपल प्रा.डा.हरिकृष्ण श्रेष्ठलगायतले विद्यार्थीहरुलाई तालिम दिएका थिए । उक्त तालिममा परिचयात्मकका साथै कलेजबारे, विद्यार्थीहरूले पढ्नुपर्ने कोर्सबारे जानकारी गराइएको थियो ।

    चार वर्षको बीचमा ध्यान दिनुपर्ने विषय, इन्जिनियरिङका भविष्य तथा उपयोगितालगायतका विषयमा पनि विद्यार्थीलाई जानकारी गराइएको थियो । विषय शिक्षकहरूले पनि आ–आफ्ना विद्यार्थीलाई कोर्सका साथै अन्य विविध विषयमा जानकारी दिएका थिए ।

    अत्याधिक विद्यार्थी भएका कारण एउटै हलमा कार्यक्रम नगरी फरक-फरक विधाका विद्यार्थीलाई फरक-फरक ठाउँंमा राखेर कार्यक्रम गरिएको थियो । कलेजमा सिभिल, आर्किटेक्चर, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन विधामा पढाइ हुने गर्छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology