Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा 

सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा 

  • 452
    SHARES
  • सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा 

    काठमाडौं । अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ । अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

    images

    अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिएको बताए । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री शर्माले बताए ।

    सर्वसाधारणलाई समेत पेट्रोलियम इन्धनको प्रयोग घटाउन आह्वान गर्नेगरी प्रस्ताव गरिएको उनले भनाइ छ । भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने विषयमा पनि सरकार लागि परेको उनको भनाइ छ ।  

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology