Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

सगरमाथा हेरेर मात्र फर्किन्छु : अभिनेता सोहेल खान

सगरमाथा हेरेर मात्र फर्किन्छु : अभिनेता सोहेल खान

  • 590
    SHARES
  • सगरमाथा हेरेर मात्र फर्किन्छु : अभिनेता सोहेल खान

    काठमाडौं । बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।

    images

    बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् । सलमान र सोहेल दाजुभाई हुन् ।

    मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेल भने १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिए ।

    त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न नपाएपनि यसपटक भने हेरर मात्र फर्कने योजनामा आफू रहेको उनले बताए । उनले भने,‘अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’

    ‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने उनले बताए । उनले शो हेर्नको लागि आउन सबैलाई अनुरोधसमेत गरेका छन् । ‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् । 

    पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो । जेठ १४ गते विहान ११ बजेदेखि दरशथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो ।

    सुरुमा नेपाली कलाकारको प्रस्तुती राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जनाइएको छ । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology