Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा कोभिड संक्रमितको सङ्ख्यामा पुन: वृद्धि

भारतमा कोभिड संक्रमितको सङ्ख्यामा पुन: वृद्धि

  • 534
    SHARES
  • भारतमा कोभिड संक्रमितको सङ्ख्यामा पुन: वृद्धि

    एजेन्सी, नयाँ दिल्ली । भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लो एक सातामा संक्रमण दर बढ्को हो ।

    पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ८९ दशमलब ८ प्रतिशतले बढी हो । आइतबार १ हजार १ सय ५० जनामा संक्रमण देखिएको थियो । 

    पछिल्लो २४ घन्टामा कोभिडका कारण २१४ जनाको मृत्यु भएको छ । दैनिक संक्रमण दर शून्य दशमलब ३१ बाट बढेर शून्य दशमलब ३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्यामा भने थोरै मात्र गिरावट आएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ५५८ बाट घटेर ११ हजार ५४२ पुगेको छ । 

    दिल्ली र छेउछाउका शहर गाजियाबाद र नोयडाका धेरै विद्यार्थीहरूले पछिल्ला केही सातामा कोभिड पोजेटिभ देखिएको छ । विद्यार्थीमा कोभिड देखिएपछि केही विद्यालय बन्द गरिएका छन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij