Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षकहरूको योग्यता निर्धारणसम्बन्धी कानुन लागु गर्न जरुरी

शिक्षकहरूको योग्यता निर्धारणसम्बन्धी कानुन लागु गर्न जरुरी

  • 2.9K
    SHARES
  • शिक्षकहरूको योग्यता निर्धारणसम्बन्धी कानुन लागु गर्न जरुरी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘जनमुखी स्थानीय सरकारः विकास र समृद्धिको आधार’ शीर्षक दिएर स्थानीय निर्वाचन घोषणा पत्र–२०७९ सार्वजनिक गरेको छ । घोषणा पत्रमा ‘शिक्षामा सुधारः प्रगतिको आधार’ उपशीर्षक दिएर शिक्षा सम्बन्धी पार्टीको दृष्टिकोण सार्वजनिक गरिएको छ । 

    images

    स्थानीय सरकारको प्रमुख प्राथमिकता सरकारी विद्यालयको शैक्षिक स्तर सुधार्नमा केन्द्रित हुने घोषणा पत्रमा बताइएको छ । सरकारी विद्यालयहरूमा माध्यमिक तहसम्मको शिक्षामा उच्च गुणस्तर कायम गर्दै निःशुल्क शिक्षा उपलब्ध गराउने समाजवादीले बताएको छ । 

    समाजवादीले घोषणापत्रमा सामुदायिक विद्यालयको शिक्षास्तर कमजोर रहेको हुँदा पठन–पाठनस्तर सुधार्नका लागि केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    ‘संविधान र कानुनअनुसार पूर्वप्राथमिक तहदेखि माध्यमिक तहसम्मको शैक्षिक व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिइएको छ । देशव्यापीरूपमा आधारभूत विषयमा एकीकृत पाठ्यक्रम र पाठ्य विधि, परीक्षा र मूल्याङ्कनको एकीकृत प्रणाली, शिक्षकहरूको योग्यता निर्धारणसम्बन्धी एकीकृत कानुन र मापदण्ड लागु भएमा मात्रै शैक्षिक गुणस्तरलाई राष्ट्रव्यापी रूपमा समान स्तरमा लैजान सकिन्छ । त्यसपछि मात्रै स्थानीय विशेषताअनुसार थप पाठ्यक्रम लागु गर्न पाउने व्यवस्था हुनु पर्दछ । यसो गर्नका लागि सङ्घीय स्तरबाटै आवश्यक व्यवस्था गरिने छ ।’ घोषणापत्रमा उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology