Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

छानो उडाउँदा विद्यार्थीको बिचल्ली

छानो उडाउँदा विद्यार्थीको बिचल्ली

  • 759
    SHARES
  • छानो उडाउँदा विद्यार्थीको बिचल्ली

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।

    images

    गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदै आएको थियो ।

    अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । ‘परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ’, उनले भने ।

    कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो । विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ ।

    विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउँछन् । गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो । ‘छाया नेपाल’ले सँगसँगै निर्माण थालेको तुलसीपुर-७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ ।

    विद्यालयका प्रअ राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो ।

    एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन् ।  

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology