Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एनआरएनए अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने

एनआरएनए अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने

  • 437
    SHARES
  • एनआरएनए अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने

    अमेरिका ।  गैर-आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन भएका छन् ।

    images

    गैर-आवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाका अनुसार यसअघि वुद्धि सागर सुवेदीको अध्यक्षतामा रहेको कार्यसमिति संघको ८२औं बैठकको निर्णय बमोजिम स्वतः खारेज भएपछि लामिछानेलाई नयाँ जिम्मेवारी दिइएको हो ।

    गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले दिएको समय सीमाभित्र आफ्नो सदस्यताको बापतको तिर्नु पर्ने रकम पटक-पटक ताकेता गर्दा समेत संघको केन्द्रीय कार्यालयमा नतिरेपछि सुवेदीको कार्यसमिति कार्यवाहीमा परेको सापकोटाले जानकारी दिए ।

    संघको विधान अनुरूप केन्द्रको निर्णय नमान्ने राष्ट्रिय समितिको आबद्धता खारेज गर्न सकिने प्रावधान रहेको छ । गैर-आवासीय नेपाली संघको विधान २००३ को (संशाेधन २०२१० दफा १७.७) अनुसार सुवेदीको नेतृत्वमा रहेको कार्य समितिको मान्यता स्वतः खारेज भई नयाँ कार्यसमितिको निर्वाचनका लागि तदर्थ समिति गठन गर्नु पर्ने अवस्था आएको सापकोटाले जनाए ।

    सुवेदी संघका पूर्वअध्यक्ष शेष घले निकटवर्ती मानिन्छन् । उनले २० हजार पंन्जिकृत सदस्यहरूको सदस्यता शुल्क करिब ६० लाख डलर केन्द्रमा बुझाएका छैनन् । यसअघि एनआरएनए अमेरिका क्षेत्रीय समितिको एक बैठकले सुवेदीको कार्यकालको लागि धन्यवाद दिंदै सबै हरहिसाव बुझाउन निर्देशन दिने निर्णय गरेको थियो ।

    बैठकमा क्षेत्रीय उपसंयोजकद्वय अभिमन्यु बस्नेत, पशुपति पाण्डे, पुरूषोत्तम बोहरा लगायतको उपस्थिति थियो । संयोजक सापकोटाले क्षेत्रीय समितिको पछिल्लो निर्णय संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा.बद्री केसीलाई जानकारी दिएको बताए ।

    यस्तै गैर-आवासीय नेपाली संघ यूके समेत संघको विधान बमोजिम खारेजीको अवस्थामा पुगेको छ । संघलाई तिर्न पर्ने करिब ६० लाख रूपैयाँ बक्याैता रहँदा एनआरएनए यूकेको कार्यसमिति विघठनमा परेको हो । बेलायतस्थित केही अगुवाहरूले यसै साता एक भेलाको आयोजना गरि नयाँ तर्दश समिति गठनको तयारी गरेका छन् ।

    एनआरएनए अमेरिका र यूकेको नयाँ विवादले संघका कार्यकारी अध्यक्ष कुल आचार्यमाथि थप चुनौती थपिएको छ । यसअघि संघको ८३औं बैठकले राष्ट्रिय समितिमा भएको विवाद मिलाउन महासचिवद्वय डा.केशव पौडेल र गौरीराज जोशीलाई दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology