Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

अध्ययन भन्छ हरेक पाँचमध्ये एउटा घ्रसने प्राणी लोप हुने खतरा

अध्ययन भन्छ हरेक पाँचमध्ये एउटा घ्रसने प्राणी लोप हुने खतरा

  • 550
    SHARES
  • अध्ययन भन्छ हरेक पाँचमध्ये एउटा घ्रसने  प्राणी लोप हुने खतरा

    बेलायत । हरेक पाँचमध्ये एउटा घ्रसने प्राणी लोप हुने खतरामा छन् । विश्वभरका १० हजारभन्दा बढी प्रजातिहरूको पहिलो बृहत मूल्यांकनपछि यस्तो विवरण सार्वजनिक भएको हो । वैज्ञानिकहरूले विशेष गरी डरलाग्दो अवस्थामा रहेका गोही र कछुवाहरूका लागि तत्काल संरक्षण गर्न आह्वान गरेका छन् ।

    images

    वैज्ञानिकहरूका अनुसार सरीसृपहरूलाई संरक्षणमा लामो समयदेखि बेवास्ता गरिएको छ किनकी तिनीहरू भुत्ला र प्वाँख भएका प्राणीहरूभन्दा कम आकर्षक देखिन्छन् । अहिलेसम्म ३१ प्रजाति लोप भइसकेका छन् । नेचरमा प्रकाशित उक्त अध्ययन कार्यका लागि रकम जुटाउन समस्या भएकाले अध्ययन सम्पन्न हुन १५ वर्षभन्दा बढी समय लागेको थियो ।

    ‘धेरै मानिसहरूका लागि सरीसृपहरू आकर्षक हुँदैनन् र संरक्षणका लागि ढाड तथा धेरै भुत्ला भएका र प्वाँखयुक्त प्रजातिहरूमा ध्यान केन्द्रित भएको देखिन्छ’, नेचरसर्भको अन्तर्राष्ट्रिय प्रकृति संगठनका डा.ब्रुस योङले भने । वैज्ञानिकहरूका अनुसार न्यून प्रचारबाबजुद चिसो रगत भएका र ढाड भएका प्राणीले जीवनको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology