Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरूद्ध 

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरूद्ध 

  • 713
    SHARES
  • हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरूद्ध 

    काठमाडौं । जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरूद्ध भएको छ । नेपाल टेलिकम जुम्लाकाअनुसार हिमा गाउँपालिकाको कुडुमा रहेको टेलिकमको टावरमा समस्या भएकाले सेवा अवरूद्ध भएको हो ।

    नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरको हर्नमा क्षति हुनुका साथै आवश्यक सामान नपाउँदा एक सातादेखि सेवा अवरूद्ध भएको बताए ।

    उनले भने, ‘काठमाडौंबाट सामान मगाइएको छ । सामग्री जहाजमा आउँदै छ । सामान आइपुगेका केही समयमा टेलिफोन सेवा सुरु हुन्छ ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij