वेबटिभी खबर
काठमाडौं । १० दिनअघि अवरूद्ध भएको हिमा गाउँपालिकाको टेलिफोन सेवा साेमबारबाट सुचारू भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएको जुम्ला टेलिकम कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।
उनले भने, ‘हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षेति भएपछि काठमाडौंबाट सामग्री ल्याई जोडिएको छ ।’ प्रमुख श्रेष्ठकाअनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रूपमा टेलिफोन चलेको उनले बताए । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ ।
त्यस्तै, हिमा गाउँपालिका निर्वाचन अधिकृत ऋतु राईकाअनुसार टेलिफोन आएपछि काममा सजिलो भएको छ । उनले टेलिफोनविहिन हुँदा निर्वाचनका बेला कसरी काम गर्ने डर थियो । टेलिफोन सेवा लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij