Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

  • 387
    SHARES
  • चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

    सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाही जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सुरु भएको छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैं यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो ।

    उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका  खानेपानीका स्रोत सुक्न थालेपछि त्यस क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको इश्वरपुर नगरपालिका-१२का बासिन्दा रामबाबु थिङले बताए ।

    उनका अनुसार धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरूले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भएपनि अहिले ती कुवा पनि सुक्न थालेपछि खानेपानीको समस्या भएको हो ।

    इश्वरपुर-१२को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका-१५का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका-१को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ ।

    जिल्लाको कर्णाली भनेर चिनिने यी स्थानका बस्तीमा अरु समयमा पनि सहजै शुद्व पिउने पानी पाउन समस्या हुने गरेको भएपनि सुक्खा मौसम सुरु भएपछि खानेपानीको थप समस्या देखिएको इश्वरपुर-१२की जानकी माया विकले बताइन् ।

    जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै खानेपानीको  समस्या सुरु हुन्ने गर्दछ । स्थानीय सरकारलाई यो विषयमा जानकारी भएको भएपनि समस्या समाधान गर्न स्थानीय सरकार लागि नपरेको ईश्वरपुर-१२का जीवन तामाङको भनाइ छ ।

    यस वर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका प्राविधिकले बताएका छन् ।

    हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रका अरु बस्ती भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोला लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भएपनि त्यो समस्या समाधान गर्न स्थानीय सरकार लागि नपर्दा सो क्षेत्रका सयौं बस्तीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीय युवा तेज तामाङले बताए ।

    उनका अनुसार एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् । ‘गाउँका सयौं घरधुरीका लागि अहिले खानेपानीको जोहो गर्न निकै समस्या हुने गरेको हो ।’

    ‘गाउँमा एउटा मात्रै कुवा छ, त्यही कुवामा पनि हिजोआज रातभर जम्मा भएको पानीले दुई/चार घरलाईसमेत पुग्दैन’, लालबन्दी-१४ नारायणखोलाका जीतबहादुर रानाले भने ।फागुन/चैत, वैशाख र जेठमा चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको लालबन्दी-१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे ।

    खानेपानीको अभाव टार्न दुई वर्षअघि वाग्मती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पुर्‍याए पनि केही स्थान बाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij