Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

'सोशल मिडिया'देखि किन टाढा रहन्छन् रणवीर ?

'सोशल मिडिया'देखि किन टाढा रहन्छन् रणवीर ?

  • 452
    SHARES
  • 'सोशल मिडिया'देखि किन टाढा रहन्छन् रणवीर ?

    काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर सोशल मिडिया (सामाजिक सञ्जाल) देखि टाढै छन् । हालै अभिनेत्री आलिया भट्टसँग विवाह गरेका यी अभिनेताले विवाहपछि सामाजिक सञ्जालमा इन्ट्री मार्ने अड्कलबाजी उनका फ्यानले गरेका थिए । तर, यसो भएन । 

    images

    रणवीरको यो रहस्यबारे उनकी आमा नीतू कपुरले खुलासा गरेकी छिन् । एक अन्तर्वार्ताको क्रममा नीतूले भनेकी छिन्, ‘पुरानो समयमा सेलिब्रेटीको सोशल मिडियामा अकाउन्ट हुँदैनथ्यो । तर, उनीहरूका फ्यान फलोइङ धेरै थिए, जसको कारण स्क्रिनमा देख्ने उत्सुकता बढी हुन्थ्यो ।’

    पछिल्लो समय सामाजिक सञ्जालमा अभिनेता अभिनेत्रीले लगातार तस्बिर पोष्ट गर्ने कारण उनीहरू सजिलै फ्यानहरूको पहुँचमा पुग्ने गरेको नीतूले बताएकी छिन् । यसै कारण अभिनेता अभिनेत्रीलाई स्क्रिनमा देख्ने उत्सुकता कम हुने उनको ठम्याइछ । रणवीरले सोशल मिडियासँग दूरी बनाउने फैसला निकै सही भएको नीतूले अन्तर्वार्ताको क्रममा बताएकी छिन् ।

    नीतूको भनाईलाई आधार मान्ने हो भने रणवीरले आफ्नो क्रेजलाई कम हुन नदिन सोशल मिडियामा सामेल नभएका हुन भन्न सकिन्छ ।    

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology