Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भोक हड्ताल तोड्ने रुसी विपक्षी नेता नाभाल्नीको निर्णय

भोक हड्ताल तोड्ने रुसी विपक्षी नेता नाभाल्नीको निर्णय

  • 1.1K
    SHARES
  • भोक हड्ताल तोड्ने रुसी विपक्षी नेता नाभाल्नीको निर्णय

    मस्को । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले तीन साताभन्दा लामो भोक हड्ताल अन्त्य गरेका छन् । देशद्रोहको आरोपमा जेल पठाइएका राष्ट्रपति भ्लाद्मिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीले २४ दिन लामो हड्ताल तोड्ने भएका हुन् । 

    images

    आफ्नो स्वास्थ्य उपचारका लागि रूसी जनता र विश्व समुदायले रूसी प्रशासनमाथि दिएको दबावको परिणाम आफूलाई अस्पतालमा लगिएको भन्दै उनले सबैमा हार्दिकता प्रकट गरेका छन् । 

    अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रूसी विपक्षी नेताको बिग्रिएको स्वास्थ्यको कारण उनलाई जेलबाट अस्पतालमा सारिएको केही दिन पछि यो घोषणा भएको हो । 

    अनशन तोड्ने घोषणासँगै नाभाल्नीले भने, ‘दुई महिना अघि, उनीहरू (रूसी प्रशासक) मैले केबल स्वास्थ्य उपचारको सहायताको लागि गरेको अनुरोधमा हाँसे र मलाई कुनै औषधि दिएनन् । एक महिना अघि, मैले मेरो उपचारका लागि गरिएका परीक्षण रिपोर्ट माग्दा ‘मजाक’ गरियो । रूसी सरकारलाई मेरो मागप्रति झुकाउन पाएको विश्वव्यापी समर्थनका लागि म सबैमा धन्यवाद ज्ञापन गर्दछु । अहिले मलाई नागरिक चिकित्सकहरूको समूहले दुईपटक जाँच गरिसकेको छ ।’

    तर नाभाल्नीले आफ्नो स्वास्थ्योपचार गर्ने छुट्टै चिकित्सकको माग फिर्ता नलिएको बताएका छन् । आफ्नो नजरबन्दबिरूद्ध विरोध प्रदर्शन भएकोमा आफूलाई ‘गर्व र आशा’ महसुस भएको नाभाल्नीले प्रतिक्रिया दिए ।

    अप्रिल २० मा गरिएको उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि नाभाल्नीले तत्कालै हड्ताल अन्त्य नगरे उनको छिट्टै मृत्यु हुन सक्ने चेतावनी चिकित्सकले दिएका थिए ।

    चिकित्सकले उनको मृगौला र स्नायु प्रणालीमा समस्या भएका कारण लामो समय भोक हड्तालमै रहे नाभाल्नीको छिट्टै निधन हुन सक्ने बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडनसहित विश्वका धेरै नेताहरूले नाभाल्नीको स्वास्थ्यमा चासो देखाएपछि उनको उपचार गर्न रुस तयार भएको थियो ।

    अमेरिकाले नाभाल्नीको उपचार नभइ मृत्यु भएमा रुसले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । 

    नाभाल्नीले भोक हड्ताल तत्काल अन्त्य नगरे ज्यान जान सक्ने खतरा

    पुटिनका कट्टर आलोचक नाभाल्नीको छिट्टै ज्यान जान सक्ने चिकिसत्कको चेतावनी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology