Logo

२०७८, आषाढ ६ गते आइतवार

२०७८, आषाढ ६ गते आइतवार

कोरोना संक्रमण बढेपछि कांग्रेसको सोमबार बस्ने तय भएकाे बैठक स्थगित

कोरोना संक्रमण बढेपछि कांग्रेसको सोमबार बस्ने तय भएकाे बैठक स्थगित

  • 291
    SHARES
  • कोरोना संक्रमण बढेपछि कांग्रेसको सोमबार बस्ने तय भएकाे बैठक स्थगित

    काठमाडौं । सोमबार बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

    आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 

    हाल काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्ला र प्रमुख सहरमा कोरोना संक्रमणको जोखिम बढेकाले सबै नेताहरूले कोरोना भाइरस परीक्षण गरेपछि वैशाख १५ गते बस्ने गरी बैठक रोकिएको हो ।

    बैठकमा पार्टीको महाधिवेशनका विषयमा आन्तरिक छलफल र क्रियाशील सदस्यहरूको सन्दर्भमा नेताहरुले विचार राख्ने कार्यसुची रहेको एक नेताले बताए ।

    सत्तासमीकरण र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित हुने निश्चित नभएसम्म त्यसबारे हतार नगर्ने निर्णय गरेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology