Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सगरमाथाकाे सफल आरोहण गरेर फर्किए गायक राजु लामा

सगरमाथाकाे सफल आरोहण गरेर फर्किए गायक राजु लामा

  • 455
    SHARES
  • सगरमाथाकाे सफल आरोहण गरेर फर्किए गायक राजु लामा

    काठमाडौं । २७ सदस्य टोलीसहित सगरमाथा ओरोहणमा गएका गायक राजु लामा सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन् ।

    images

    सगरमाथाकाे चुचुराेमा पुगेर उनी बिहीबार काठमाडौं फर्किएका हुन् । उनीसहितको टोलीले यही जेठ २ गते सगरमाथाको सफल आरोहण गरेको थियो ।

    सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गायक लामाले सगरमाथाको चुचुरोमा पुग्दा गर्व लागेको बताए ।

    उनले भने, ‘ म यस्तो सुन्दर देशमा जन्मिएको छु त्यसमा मलाई गर्व लाग्छ ।’  विश्वको सबैभन्दा ठूलो र राम्रो हिमाल पाइला टेक्ने पाउँदा आफू निकै उत्साहित भएको पनि उनले बताए ।

    उनले ६ हजार ५७४ मिटरको उचाइमा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) पनि गरेका थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन सगरमाथाको क्याम्पमा पुगेर उनले कन्सर्ट गरेका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology