Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन [सूचनासहित]

शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन [सूचनासहित]

  • 6.1K
    SHARES
  • शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन [सूचनासहित]

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन भएको जनाएको छ ।

    images

    शाखाले शुक्रबार सूचना जारी गरेर देशभरका सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई उक्त जानकारी गराएको हो ।

    नेपाल शिक्षक सहासंघबाट समेत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोशाक परिवर्तन गर्न अनुरोध भएकाले केन्द्रको २०७९/०२/०६ गतेको निर्णयअनुसार पोशाक परिवर्तन गरिएको केन्द्रले जनाएको ।

    यही चालु शैक्षिक सत्रबाट शिक्षकको पोशाक सुट (कोट पेन्ट) गाढा खैरो रंगको, शर्ट (कमिज) हल्का निलो रंगको, ज्याकेट गाढा खैरो, स्वेटर कलेजी रंगको र जुत्ता कालो हुने केन्द्रले जनाएको छ ।

    त्यस्तै शिक्षिकाले प्रयोग गर्ने, साडी, ब्लाउज, कुर्ता सुरुवाल भने परिवर्तन नभएको केन्द्रले जनाएको छ ।

    सम्बन्धित स्थानीय तह र इकाईले पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट लिन पनि केन्द्रले अनुरोध गरेको छ ।

    282698800_3234160613574817_742685797426225149_n.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology