Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बाग्लुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया

बाग्लुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया

  • 388
    SHARES
  • बाग्लुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया

    बाग्लुङ । बाग्लुङको धौलागिरी अस्पतालमा पहिलो पटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ । दुरबिनको प्रयोगबाट बाग्लुङ नगरपालिका-१२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको हो ।

    images

    अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले उक्त शल्याक्रिया गरेको हो । पहिलो प्रयास नै सफल भएपछि अब दुरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिल्लेको डा.आचार्यले बताए ।

    शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । ‘दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु पर्दैन’, उनले भने, ‘यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने हुन्छ ।’

    शल्यक्रियामा डा.केशव आचार्य, डा.सजिन कुँवर, डा.प्रज्ज्वल पौडेल, डा.गणेश वन र नर्स शर्मिला शर्माको समूह सहभागी थिए । ‘हामी ढुक्क भएर काम गरेका थियौं, बिरामी जोखिममा थिएन्’, डा.आचार्यले भने ।

    ‘नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुने नै भयो ।’ यसको सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उनले बताए । धौलागिरी अस्पतालबाट यो सेवा सुरु भएपछि बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा काठमाडौं जाने झन्झट कम हुने भएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology