काठमाडौं । काठमाडौं महानगरपालिकाकाे जारी मतगणनामा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई उछिनेकी छिन् । केशव स्थापितले जारी मतगणनामा दाेस्राे स्थानमा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी हुन् ।
मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् । पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र) को अग्रता कायमै छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology