Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नवनिर्वाचित जनप्रतिनिधिलाई गाउँपालिका अध्यक्षमा पराजित सञ्जेलको आग्रह– इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्नुहोस्

नवनिर्वाचित जनप्रतिनिधिलाई गाउँपालिका अध्यक्षमा पराजित सञ्जेलको आग्रह– इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्नुहोस्

  • 4.3K
    SHARES
  • नवनिर्वाचित जनप्रतिनिधिलाई गाउँपालिका अध्यक्षमा पराजित सञ्जेलको आग्रह– इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्नुहोस्

    काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा पराजित भएका नेकपा एमालेका नेता नवराज सञ्जेलले बाग्मती गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब वृद्धि गरी न्यूनतम १५ हजार पुर्याउने ग्यारेन्टी गर्न आग्रह गरेका छन् ।

    images

    ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्जेल नेपाली कांग्रेसका वीरबहादुर लोप्चनसँग ८५६ मतान्तरले पराजित भएका थिए । लोप्चनले ४,९०९ मत ल्याए भने सञ्जेलले ४,०५३ मत ल्याए ।

    सञ्जेलले चुनावअघि पनि इसीडी शिक्षक र विद्यालय कर्मचारीको हकहितका लागि आवाज उठाउँदै आएका थिए । चुनावमा पराजित भएपछि सञ्जेलले बाग्मती गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा इसीडी शिक्षक र विद्यालय कर्मचारीको समस्या समावेश गर्न अनुरोध गरे ।

    उनले भने, ‘विद्यालयमा कार्यरत इसीडी शिक्षक, विद्यालयका सहायक तथा सहयोगी कर्मचारीको तलब वृद्धि गरी न्यूनतम १५,००० पुर्याउने ग्यारेन्टी गरी आवश्यक बजेट विनियोजन गर्नुहोला ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology