Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गर्भपतन गराउने संख्या बढेपछि, छोरी कम जन्मिन थाले

गर्भपतन गराउने संख्या बढेपछि, छोरी कम जन्मिन थाले

  • 296
    SHARES
  • गर्भपतन गराउने संख्या बढेपछि, छोरी कम जन्मिन थाले

    अर्घाखाँची । अवैधानिक रूपमा लिंग पहिचान गरेर छोरा भए राख्ने र छोरी भए गर्भपतन गराउने कारणले अर्घाखाँचीमा छोरी कम जन्मिएका छन् ।

    images

    चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा १ हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले जानकारी दिए ।

    पछिल्लाे दुई वर्ष अवधिको तथ्यांक हेर्दा जन्मिएका छोरीको संख्या कम देखिएको छ । गत वर्ष अर्थात् २०७७/७८ मा ७५२ छोरा र ६२१ छोरी जन्मिएका छन् । २०७६/७७ मा कूल १ हजार ३४० बच्चा जन्मिएकामा ६२२ छोरी र ७१८ छोरा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए ।

    जिल्ला स्वास्थ्य कार्यालयलगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा रहेको छ । अवैधानिक रूपमा जिल्ला बाहिर जानेर र भ्रुण जाँच गरी गर्भपतन गर्नेको संख्या बढिरहेको बताइएको छ ।

    जिल्लामा गत साउनदेखि फागुन मसान्तसम्म ४७७ ले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन् । गएको वर्ष २०७७/७८ मा ६५७ र आर्थिक वर्ष २०७६/७७ मा ६५३ जनाले सूचीकृत स्वास्थ्य संस्थामा गई गर्भपतन सेवा लिएको जनाइएको छ।

    सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरी कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ । नगरपालिकाले छोरीको खातामा ३ हजार जम्मा गर्न सुरु गरेपछि स्थानीय खुसी भएका छन् ।

    अवैधानिक रूपमा भु्रण जाँच गरी छोरा भए राख्ने छोरी भए गर्भपतन गर्ने बढेपछि छोरी जन्मिए उनीहरूको खातामा नगरपालिकाले ३ हजार राखिदिने भएको हो ।

  • सम्बन्धित विषय:

  • # गर्भपतन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology