हामी बालविकास शिक्षक, विद्यालय कर्मचारी र जनताहरूले जिताएर कुर्सीमा बसालेका जनप्रतिनिधिहरूलाई हार्दिक बधाई । सफल कार्यकालको शुभकामाम व्यक्त गर्दछौं ।
हामीहरूले जसरी तपाईंहरूको सपना पूरा गरेर निर्वाचित गराएका छौं त्यसैगरी हामीहरूलाई पनि निराश बनाउनु हुने छैन भन्ने विश्वास छ । हामी इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई खुसी बनाउनुहोस् । त्यो भनेको सरकारले तोकेको तलब सुविधालगायत समयमा नै दिनु हाे ।
हाम्रो मागलाई स्थानीय तहदेखि केन्द्रसम्म पुर्याइदिनु हुन हामी इसीडी शिक्षक र विद्यालय कर्मचारी अनुरोध गर्दछौं । हाम्रा माग पूरा भएनन् भने हाम्रो मत खेर गएको सम्झने छौं । र, देशभरका स्थानीय तहमा आन्दोलन चर्काउन बाध्य हुने छौं । इसीडी शिक्षक निर्मला वली
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology