Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नेपालगञ्ज उपमहानगरपालिकालाई अपांगमैत्री बनाउँछौ : नगरप्रमुख विष्ट

नेपालगञ्ज उपमहानगरपालिकालाई अपांगमैत्री बनाउँछौ : नगरप्रमुख विष्ट

  • 370
    SHARES
  • नेपालगञ्ज उपमहानगरपालिकालाई अपांगमैत्री बनाउँछौ : नगरप्रमुख विष्ट

    काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिका कार्यालयलाई अपांगमैत्री बनाइने बताएका छन् ।

    images

    आइतबार पदभार ग्रहण गर्दै उनले अपांग र ज्येष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, ज्येष्ठ नागरिकलाई सहज तरिकाले वडा कार्यालयबाटै बैंकिङ प्रतिनिधिमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने, भेरी अस्पतालमा बिरामी तथा कुरुवाका लागि सहज तरिकाले खानाको व्यवस्थापन गरिरहेको अञ्जनी माता रसोईलाई प्रति महिना १ लाख रुपैयाँ प्रदान गर्ने लगायतका निर्णयमा हस्ताक्षर गरेका हुन् ।

    गठबन्धनका तर्फबाट उपमहानगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दीन राई निर्वाचित भएका छन् । निवर्तमान नगरप्रमुख डा.धवलसम्शेर राणाले विष्टलाई र निवर्तमान उपप्रमुख उमा थापामगरले राईलाई पद हस्तान्तरण गरेका हुन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology