Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार साङपाङ निर्वाचित 

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार साङपाङ निर्वाचित 

  • 444
    SHARES
  • धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार साङपाङ निर्वाचित 

    काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साङपाङ राई निर्वाचित भएका छन् ।

    images

    साङपाङ आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतलेपछि पार्दै निर्वाचित भएका हुन् ।

    निर्वाचित साङपाङले  २० हजार ८२१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका छन् ।

    यसैगरी एमालेबाट मेयरमा उम्मेदवारी दिएकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याएर तेस्रो भएकी छिन् ।

    त्यस्तै उपमेयरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित भएका छन् ।

    मेघाले नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुलाई २ हजार ९०४ मतलेपछि पारेर निर्वाचित भएका हुन् । एमालेका लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरेर पराजित भएका हुन् । 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology