Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध 

रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध 

  • जेठ ८, २०७९ आइतवार २०:२७ बजे
  • 352
    SHARES
  • रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध 

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिक कडिरीमा अनुबन्ध भएका छन् । आइतबार लिगा वानको क्लब पर्सिकले रोतिहलाई अनुबन्धन गरेको जनाएको हो । उसले लेखेको छ, ‘स्वागत छ हिमालय ह्वाइट टाइगर ।’

    images

    यस अघि शनिबार पूर्व क्लब पर्सिजा जाकर्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाइ भिडियो सार्वजनिक गरेको थियो । सन् २०१७ मा दोस्रो पटक जाकार्तासँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल र आठ असिस्ट गरेका छन् । 

    यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते ।  सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए । इन्डोनेसियामा रोहितले खेलेको यो तेस्रो क्लब हो । सुरुमा उनले पीएसपीएस पेकेनबारुबाट खेलेका थिए । अहिले रोहित नेपालमै रहेका छन् । पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण रोहित टिम बाहिर छन् ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology