Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना

लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना

  • 552
    SHARES
  • लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र वाग्मती सेवा समाज नेपाल हरिवन सर्लाहीको साझेदारीमा उक्त अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

    सञ्चालन भइरहेको कोभिड-१९ आपत्कालीन उद्धार एवम् पुनस्थापना परियोजना अन्तर्गतको लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना भएको सो स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद घिमिरेले बताए ।

    केन्द्र, मधेश प्रदेश, स्थानीय सरकारका साथै अस्ट्रेलिया एड, ओपन हर्ट ईन्टरनेशनल, आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको प्रयासमा सो प्लान्टको स्थापना गरिएको वाग्मती सेवा समाज सर्लाहीका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए ।

    उक्त प्लागन्टबाट कूल ४८ किलोको दैनिक २४ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्न सक्ने सामाजिक विकास मन्त्रालय मधेश प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा.मुक्ती नारायण साहले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij