Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कोरोनाका कारण धमाधम आइपिएल छोड्दै क्रिकेटर 

कोरोनाका कारण धमाधम आइपिएल छोड्दै क्रिकेटर 

  • 676
    SHARES
  • कोरोनाका कारण धमाधम आइपिएल छोड्दै क्रिकेटर 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारीको प्रभाव क्रिकेट खेलमा पनि देखिन थालेको छ । अष्ट्रेलियाका तीन खेलाडीले इन्डियन प्रिमियर लिग आइपिएल बीचमै छोडेर फर्किएका छन् । 

    images

    अष्ट्रेलियाका खेलाडी एडम जम्पा र केन रिचर्डसन पनि एन्ड्रयु टायले झैं आइपिएलबाट बाहिरिएका छन् । एकदिन अगाडि भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले पनि कोरोना संक्रमित परिवारका सदस्यको हेरचाहका लागि यस सिजनको आइपिएलबाट बाहिरिने घोषणा गरेका थिए । 

    राजस्थान रोयल्सका लागि खेल्ने एन्ड्रयु टाय आइतबार अष्ट्रेलियाको सीमा बन्द हुने चिन्ताका कारण सिड्नी फर्किएका थिए ।

    इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डलाई कुनै पनि खेलाडीले आइपिएल छोडेको जानकारी छैन तर खेलाडीले आइपिएल खेल्ने बारेमा व्यक्तिगत निर्णय लिएको बताइएको छ । कोलकाता नाइट राइडर्सका लागि खेल्ने इंग्ल्यान्डका कप्तान एकदिवसीय कप्तान इयोन मोर्गनले कोभिड रोकथाममा असर नपर्ने गरी आइपिएल जारी रहनु पर्ने बताएका छन् । 

    भारतमा हरेक दिन तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिइरहेका छन् । लकडाउन देशका धेरै स्थानहरूमा लागू गरिएको छ । अष्ट्रेलियाले पनि कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । 

     

     

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology