Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बिन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड मूल्य बराबरको आइपिओ निष्काशन गर्दै

बिन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड मूल्य बराबरको आइपिओ निष्काशन गर्दै

  • 511
    SHARES
  • बिन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड मूल्य बराबरको आइपिओ निष्काशन गर्दै

    काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।

    कम्पनीले यही जेठ २० गतेदेखि प्रतिकित्ता १०० अंकित १५ करोड मूल्य बराबरका १५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो ।

    सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा १३ लाख ६५ हजार कित्ता शेयर बिक्री गर्ने प्रायोजनका लागि दस्खास्त आह्वान गरेको छ ।

    कम्पनीका अनुसार कूल १५ लाख कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको १३ लाख ६५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    निष्काशित शेयरमा इच्छुक लगानीकर्ताले छिटोमा यही जेठ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यो समयमा मागबमोजिम आवेदन नआए आगामी असार ३ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सकिने सार्वनजिक सूचनामा उल्लेख छ ।

    कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ‘ए’ ८ दशमलव ८ मेगावाट र रुदी ‘बी’ ६ दशमलव ६ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-आइआर बीबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij