Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

हरिहर खनाल ग्रन्थावली लोकार्पण

हरिहर खनाल ग्रन्थावली लोकार्पण

  • 691
    SHARES
  • हरिहर खनाल ग्रन्थावली लोकार्पण

    काठमाडौं । हरिहर खनाल ग्रन्थावली लोकार्पण गरिएको छ । शनिबार टोखा नगरपालिकामा तिलिङ्गाटार मा.वि र आदर्श समाज तिलिङ्गाटारको सहआयोजनामा नवनिर्वाचित पदाधिकारीहरूको स्वागत सम्मान एवम् हरिहर खनाल ग्रन्थाली कृतिको लोकार्पण गरिएको हो ।

    images

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, साहित्यकार डा.रमेश शुभेच्छुको विशेष आतिथ्यमा सम्पन्न सो समारोहमा टोखामा बसोबास गर्ने समाजसेवी, शिक्षासेवी, राष्ट्रसेवकलगायत बहुमुखी क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

    समारोहको सभाध्यक्षता आदर्श समाजका अध्यक्ष हरिहर खनाल र तिलिङ्गाटार मा.विका व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं छ का अध्यक्ष नरोत्तम रानाले संयुक्त रूपमा गरेका थिए ।

    समारोहमा नगर उपप्रमुख मुरारी लामालगायत सबै वडाका अध्यक्ष र सदस्यहरू सहभागी थिए । कार्यक्रममा मेयर, उपमेयरले समाज विकासका पक्षमा चर्चा गरे भने डा.रमेश शुभेच्छु र जगमान गुरुङ, डा.गोविन्द नेपाल, महेश्वर शर्मा पौडेल, डा.शेषकान्त अर्याललगायतले समाजको विकासमा बौद्धिकताको महत्त्वबारे बताए ।

    कार्यक्रममा बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले टोखाको सांस्कृतिक महत्त्व उजागर गरे ।

    अर्का अतिथि डा.रमेश शुभेच्छुले कथा मात्रै चार/चार सय पेजका तीन ओटा ठेलीमा प्रकाशन हुँदै गरेको र यो पहिलो ठेली सार्वजनिक भएको बताए ।

    खनालका समग्र कृतिलाई दश वटा ठेलीमा प्रकाशन गर्ने योजनाअनुरूप यो पहिलो ठेली जनसाहित्य प्रकाशन काठमाडौंका तर्फबाट प्रकाशन भएको हो ।

    साहित्यकार डा.शुभेच्छुले खनाल पारिजात, रमेश विकल जस्ता साहित्यकारहरूको उत्तराधिकारीको रूपमा कलम चलाउने व्यक्ति भएको पनि टिप्पणी गरे ।

    उनले भने, ‘प्रस्तुत ग्रन्थमा समेटिएका कथाका आधारमा र समग्र कथाका आधारमा हरिहर खनाल आफ्ना अग्रजहरू पारिजात, रमेश विकल आदिका प्रभावमा निरन्तर उहाँहरूकै उत्तराधिकारीका रूपमा कलम चलाइरहनुभएको छ । उहाँले पञ्चायतकालीन राजनीतिज्ञहरूका जीवनकथालाई लेख्नुभएको छ । त्यस बेला राजनीति गर्न अहिले जस्तो सजिलो थिएन । भूमिगत राजनीतिमा संलग्न थुप्रै पात्रहरू खनालका कथाका नायक बनेका छन् । उनीहरूलाई दुःख दिने गाउँका मुखिया र सामन्तहरू खलनायक बनेका छन् ।’ 

    त्यसैगरी साहित्यकार डा.शुभेच्छुले खनाल नेपाली कथा परम्पराका एक उललेख्य प्रतिनिधि कथाकार भएको टिप्पणी गरे ।  ‘नेपाली कथा परम्पराका एक उललेख्य प्रतिनिधि कथाकार हुनुहुन्छ । उहाँ आदरणीय कथाशास्त्री दयाराम श्रेष्ठ गुरुले भने जस्तै राजनीतिक रूपले सचेत आफ्नो बौद्धिकतालाई कथाकलाका माध्यमबाट व्यक्त गर्ने कथाकार हुनुहुन्छ । यसो भन्नुको अर्थ उहाँ सिर्जनाबाट समाज परिवर्तनको राजनीति गर्नुहुन्छ । जनप्रतिनिधितिर फर्किएर भन्दा तपाईँहरू राजनीति गर्छु भनेर राजनीति गर्नुहुन्छ समाज सुधारको प्रयत्न गर्नुहुन्छ खनाल सर त्यसो नभनी लेखेर र समाजको चेतना विकास गरेर समाजको परिवर्तनको काम गर्नुहुन्छ,’ कार्यक्रममा डा.शुभेच्छुले भने, ‘सम्भवत त्यसैले उहाँले आज यो कृतिको विमोचन जनप्रतिनिधिका बिचमा राख्नुभयो । साहित्यकारका बिचमा विमोचन हुँदा यसको विमर्शमा केन्द्रित अरू कार्यक्रम हुन्थे होला यहाँ हुँदा जनप्रतिनिधिहरूलाई आफ्ना टोलमा भएका बौद्धिक केन्द्रका विषयमा थाहा भयो । उहाँका कथाको विम्ब, प्रतीक निर्माण सामर्थ्य कविता कलासँग तुल्य छ । यो थोरै कथाकारका भषामा पाइने र कथा निर्माण कलामा पाइने प्रवृत्ति हो ।’ 

    खनालका कथाका पात्रको सन्दर्भ पारेर उनले खनालको जीवन संघर्ष पनि कथाका पात्रको जस्तै उतारचढावपूर्ण रहेको बताए । उनले टोखामा विशिष्ट साहित्यकार र अन्य विशेषज्ञ व्यक्ति रहेको भन्दै त्यस ठाउँको प्रशंसा गर्न र जनप्रतिनिधिहरूलाई सही ढंगले जनताको सेवा गर्न पनि सुझाउन भ्याए । 

    खनालले सबै अतिथिमा स्वगत गरेका थिए भने रानाले सबैमा धन्यवाद गरेका थिए । कार्यक्रम सञ्चालन तिलिंगाटार मा.विका प्र.अ सरोजकुमार पाण्डेले गरेका थिए ।

    भिडियाे

     

    283888182_3442020836047941_1129633312418496288_n (1).jpg
    book.jpg
    283827316_1739771313055378_1727909840379917466_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology